अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न भारतीय नागरिक पक्राउ
काठमाडौं । अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-२५ टेंगाल, नरदेबीमा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ३५ वर्षीय प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई उपकरण राखी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएमएस बाईपास संचालन भइरहेको छ भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले साहले एसएमएस बाईपास गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
साहको साथबाट ६४ पोर्टको जिओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २१५ थान, मोबाइल ६ थान, साहको राहदानी लगायत एसएमएस बाईपासमा प्रयोग हुने बिभिन्न तार लगायतका सामाग्री प्रहरीले बरामद गरेको छ ।
विगतमा हुने अवैध अन्तराष्ट्रिय भिओआईपी कल बाईपास गर्ने गरेकोमा प्रहरीको सकृयतामा अपरेशन हुने गरेकोले पछिल्लो समयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर नेपालमा पहिलो पटक एसएमएस बाईपास गरी नयाँ तरिका अपनाएको, साहले भिओआईपीमा प्रयोग गरिने सम्पूर्ण उपकरण भारतदेखि आफैले लिएर आएको, यसका लागि आवश्यक सिम कार्ड र रिचार्ज कार्ड आफै विभिन्न पसलहरुमा गई बिना कागजात बढी रकम दिई लिने गरेको, अनलाइन मार्फत सम्पर्क गरी वर्ल्ड लिंकको ईन्टरनेट प्रयोग गरेको, साह घुम्ने र व्यापार गर्ने प्रयोजनका लागि भनी पटक पटक नेपाल आउ जाउ गर्ने गरेको, आफैले International Carrier सँग प्रत्यक्ष सम्पर्क गरी SMS SIM Box Fraud (SMS Bypass) गर्ने गरेको र अन्य व्यक्तिहरुको प्रयोग नगरी आफैले गोप्य रुपमा सम्पूर्ण काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आएको छ ।
साह उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण