तरुण दल बझाङका अध्यक्ष सवार मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
बिहीबार, ०६ चैत २०७६, २२ : ३६
बझाङ । तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडी सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिबार छविस पाथिभेरा गाउँपालिकाको भाँडे बजारबाट श्रीमती र ३ वर्षीय छोरा सँगै घर जाने क्रममा खोलागाडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा उनकी श्रीमती उजला ऐडीको मृत्यु भएको हो ।
छविसपाथिभेरा गाउँपालिकामा पर्ने भाँडेबजारबाट भे.न.पा. ६७८१ नम्बरको मोटरसाइकलमा परिवारसहित घरतर्फ जाने क्रममा खोलागाडा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनाबाट उजला ऐडीको मृत्यृ भएको र घाइते अध्यक्ष ऐडि र उनका छोराको अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । घाइते दुवैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण