सुरक्षित र सजिलो खाद्य सामाग्री किन्न अब निम्बस बजार
काठमाडौं– निम्बसले www.nimbusbazar.com मा विभिन्न खाद्य सामाग्रीहरुको अनलाइन अर्डर लिनुका साथै ग्राहकको दैलोसम्म अर्डर गरिएका बस्तुहरु पुर्याउन सुरु गरेको छ ।
निम्बस बजारमा ग्राहकहरुले निम्बसका विभिन्न ब्राण्डहरु–व्यन्जन, हिमालयन ह्याप्पी पेट खरिद गर्नसक्छन् । यी ब्राण्डहरुका खाने तेल, आटा, दाल, सोयाबिन मस्यौरा, अचार, चिउरा, पापड साथै हिमालयन ह्याप्पी पेटको कुकुरको खाना, आदि निम्बस बजारमा पाउन सकिन्छ ।
यससँगै हाल फैलिरहेको कोभिड–१९ अर्थात् कोरोनाको प्रकोपबाट आफ्ना डेलिभरी तथा अन्य कर्मचारीहरुको सुरक्षाको सुनिश्चिताका लागि कम्पनीले तयारी सुरु गरिसकेको छ । निम्बसले सबै डेलिभरी गर्ने कर्मचारीहरुलाई व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ, हात धुने, सेनिटाइजिङ गर्ने विधिका बारेमा निरन्तर शिक्षा तथा प्रशिक्षण दिदैँ आएको छ ।
साथै कर्मचारीहरुलाई कोभिड–१९ को लक्षण देखा परेमा कसरी सावधानी अपनाउने भनेर तालिम प्रदान गरेको छ । यस अलावा सबै डेलिभरी कर्मचारीललाई मास्क, सेनिटाइजर, पनि उपलब्ध गराएको छ ।
‘आउने समय अनिश्चित छ, हामी ग्राहकहरुको दैनिक खाद्य बस्तु खरिदमा सुरक्षित विकल्प रहेको कुरा सुनिश्चित गराउन चाहान्छौं । हाम्रा ग्राहक, समन्वयकर्ता तथा समुदायहरुलाई स्वस्थ वातावरण दिनका लागि हामी तत्पर छौं’, निम्बसका कार्यकारी निर्देशक आनन्द बगरिया भन्छन् ।
हालको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै ग्राहक उपभोक्तपाहरुको सुरक्षित सपिङ अनुभवका लागि निम्बसले यो वेबसाइट समय अगावै सिमित फिचरहरुसँग सार्वजनिक गरेको छ । हाल निम्बसले डेलिभरी सेवा काठमाडौं उपत्यकामा मात्र उपब्ध गराउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण