बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सका ७२० कर्मचारी : महिनामा १० दिन बेरोजगार

शनिबार, ०८ चैत २०७६, १७ : ४५
शनिबार, ०८ चैत २०७६

काठमाडौं । नेपाल एयरलाइन्सले महिनाको १० दिनको जागिर खोसेको छ । निगममा करार तथा दैनिक ज्यालादारीका कर्मचारीको प्रत्येक महिनाको १० दिनको दरमा नेपाल एयरलाइन्सले बेतलबी बिदामा पठाएको हो । 
हाल निगममा ७२० जना त्यस्ता कर्मचारी छन् । उनीहरुले अब महिनाको २० मात्रै काम गर्नुपर्नेछ । १० दिन भने उनीहरुलाई अनिवार्य बिदा (फोर्स लिभ) मा पठाइनेछ । सो अवधिको तलबभत्ता समेत उनीहरुले प्राप्त गर्ने छैनन् । 
निगमका कार्यबाहक कार्यकारी प्रमुख गणेश बहादुर चन्दले निगमको आम्दानी घटेकाले खर्च कटौती गर्न यस्तो कदम चाल्नु परेको जानकारी दिए । ‘हाम्रो आम्दानी घटेको छ, संस्था नै संकटमा पर्न लाग्यो, संस्था बाँचे सबै बाँच्ने हो । त्यसैले संस्थालाई बचाउनका लागि सबैलाई राटेसनमा बिदा दिन लागेका हौं’ चन्दले रातोपाटीसँग भने । 

यो निर्णयले निगमलाई मासिक ८५ देखि ९० लाख रुपैंयासम्म बचत हुने जनाइएको छ । यो निर्णय चैत र वैशाख महिनाका लागि लागु हुने निगम स्रोतले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप