नेपाल एयरलाइन्सका ७२० कर्मचारी : महिनामा १० दिन बेरोजगार
काठमाडौं । नेपाल एयरलाइन्सले महिनाको १० दिनको जागिर खोसेको छ । निगममा करार तथा दैनिक ज्यालादारीका कर्मचारीको प्रत्येक महिनाको १० दिनको दरमा नेपाल एयरलाइन्सले बेतलबी बिदामा पठाएको हो ।
हाल निगममा ७२० जना त्यस्ता कर्मचारी छन् । उनीहरुले अब महिनाको २० मात्रै काम गर्नुपर्नेछ । १० दिन भने उनीहरुलाई अनिवार्य बिदा (फोर्स लिभ) मा पठाइनेछ । सो अवधिको तलबभत्ता समेत उनीहरुले प्राप्त गर्ने छैनन् ।
निगमका कार्यबाहक कार्यकारी प्रमुख गणेश बहादुर चन्दले निगमको आम्दानी घटेकाले खर्च कटौती गर्न यस्तो कदम चाल्नु परेको जानकारी दिए । ‘हाम्रो आम्दानी घटेको छ, संस्था नै संकटमा पर्न लाग्यो, संस्था बाँचे सबै बाँच्ने हो । त्यसैले संस्थालाई बचाउनका लागि सबैलाई राटेसनमा बिदा दिन लागेका हौं’ चन्दले रातोपाटीसँग भने ।
यो निर्णयले निगमलाई मासिक ८५ देखि ९० लाख रुपैंयासम्म बचत हुने जनाइएको छ । यो निर्णय चैत र वैशाख महिनाका लागि लागु हुने निगम स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण