नेयमारलाई फर्काउने बार्सिलोनाको तयारी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेच्न तयार भएसँगै ब्राजिलियन सुपरस्टार नेयमार पूर्व क्लब बार्सिलोना फर्कने तयारीमा छन् ।
नेयमारलाई बार्सिलोना फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाको ब्यवस्थापनबीच तिब्र छलफल भएको छ । पीएसजीले हालै नयरमारलाई बेच्न तयार भएको थियो । पीएसजीले नेयमारको मुल्य एक सय ३५ मिलियन पाउन्ड समेत तोकिसकेको छ ।
बार्सिलोना नेयरमारलाई ठूलो रकम तिरेर फर्काउन चाहेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । बार्सिलोनाले अघिल्लो समरमै नेयमारलाई फर्काउन चाहेको थियो । तर त्यतिवेला पीएसजीले नयेमारको मूल्य एक सय ८६ मिलियन पाउन्ड राखेकोले बार्सिलोना हच्किएको थियो ।
यसअघिनै पीएसजी छाड्न चाहेका नयेमारलाई यसपटक पूर्व क्लब फर्कने राम्रो अवसर जुरेको छ । नेयरमारलाई बार्सिलोना फर्काउन कप्तान लियोनल मेस्सीले पनि जोड गर्दै आएका थिए । नयमार पनि पछिल्लो समय आफ्नो आम्दानी घटाएरै भएपनि बार्सिलोना फर्कन चाहेका थिए ।
पीएसजीले फुकुवा गरेपनि अब नेयमारको जोडी मेस्सी र लुईस स्वारेजसँग मजाले जम्ने देखिएको छ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । नेयमार पीएसजीमा त्यति खुशी थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा