नेयमारलाई फर्काउने बार्सिलोनाको तयारी
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेच्न तयार भएसँगै ब्राजिलियन सुपरस्टार नेयमार पूर्व क्लब बार्सिलोना फर्कने तयारीमा छन् ।
नेयमारलाई बार्सिलोना फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाको ब्यवस्थापनबीच तिब्र छलफल भएको छ । पीएसजीले हालै नयरमारलाई बेच्न तयार भएको थियो । पीएसजीले नेयमारको मुल्य एक सय ३५ मिलियन पाउन्ड समेत तोकिसकेको छ ।
बार्सिलोना नेयरमारलाई ठूलो रकम तिरेर फर्काउन चाहेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । बार्सिलोनाले अघिल्लो समरमै नेयमारलाई फर्काउन चाहेको थियो । तर त्यतिवेला पीएसजीले नयेमारको मूल्य एक सय ८६ मिलियन पाउन्ड राखेकोले बार्सिलोना हच्किएको थियो ।
यसअघिनै पीएसजी छाड्न चाहेका नयेमारलाई यसपटक पूर्व क्लब फर्कने राम्रो अवसर जुरेको छ । नेयरमारलाई बार्सिलोना फर्काउन कप्तान लियोनल मेस्सीले पनि जोड गर्दै आएका थिए । नयमार पनि पछिल्लो समय आफ्नो आम्दानी घटाएरै भएपनि बार्सिलोना फर्कन चाहेका थिए ।
पीएसजीले फुकुवा गरेपनि अब नेयमारको जोडी मेस्सी र लुईस स्वारेजसँग मजाले जम्ने देखिएको छ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । नेयमार पीएसजीमा त्यति खुशी थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण