खेलकुदका सबै संरचना क्वारेन्टाईन बनाउन सकिने
सोमबार, १० चैत २०७६, १४ : ५२
काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफ्नो मातहतमा रहेका सम्पूर्ण भौतिक संरचनाहरुलाई क्वारेन्टाईन रुपमा प्रयोग गर्न दिने जनाएको छ । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आवश्यक परेका त्रिपुरेश्वरस्थित दशरथ रंगशालासहित सम्पूर्ण पूर्वाधारलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेका छन् ।
राखेपले दशरथ रंगशालासहित ललितपुर सातदोबाटो खेलकुद परिसर, मुलपानी क्रिकेट मैदान, कीर्तिपुरस्थित टियु मैदान, च्यासल स्टेडियक, सानो गौचरनको मैदान र सातवटै प्रदेशका संरचनालाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण