सभामुखको एक महिनाको तलब काेराेना राहत कोषमा
काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले कााेराेना राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै सोमबार कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेका हुन् ।
संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पूर्व तयारीस्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।
यसैबीच सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको सोमबार अनुगमन गरे ।

उनले सिंहदरबारस्थित संसद सचिवालयको १ नंबर भवनमा तयार गरिएको आइसोलेसन वार्डको अनुुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिए ।
कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्याउनअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद सचिवालय अन्तर्गतको स्वास्थ्य इकाइका डा.पुस्पराज रिजालले जानकारी दिए ।
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पनि केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण