माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला नियुक्त
सोमबार, १० चैत २०७६, २२ : ३६
माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइराला नियुक्त भएका छन् ।
बैंकको सोमबार बसेको संचालक समितिको ४१७ औं वैठकले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ (चार) वर्षको लागि कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नयाँ नियुक्तिअघि उनी सो बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।
कोइराला माछापुच्छ्रे बैंकमा विगत ७ वर्ष देखि कार्यरत छन् भने उनीसँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव रहेको छ ।
उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण