भारतमा कोरोनाका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु
मङ्गलबार, ११ चैत २०७६, ०९ : ४६
भारतमा कोरोना भाइरसको संक्रमणका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु भएको छ ।
बंगालमा सोमबार ५७ वर्षका एक व्यक्ति र हिमाचलमा अमेरिकाबाट फर्किएका तिब्बतीको मृत्यु भएको छ । यसअघि आइतबार मुम्बईमा ६३ वर्षका एक बिरामीको मृत्यु भएको थियो । त्यसै दिन पटनामा ३८ वर्षका बिरामी र गुजरातको सुरतमा ६७ वर्षका वृद्धको मृत्यु भयो ।
सुरतमा जुन वृद्धको मृत्यु भयो उनी दमका बिरामी थिए । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यस्तै, कांगडा जिल्लामा सोमबार बिहान अमेरिकाबाट फर्किएका एक वृद्धको अस्पतालमा मृत्यु भएको छ । मृत्युपछि परीक्षण गर्दा उनलाई कोरोनाको संक्रमण भएको पत्ता लाग्यो । उच्च ज्वरो र रुघा खोकी लागेपछि उनलाई प्राइभेट अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि बंगालमा भाइरसबाट संक्रमित ५७ वर्षका व्यक्तिको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण