निर्माण व्यवसायीले पनि गरे कोरोनाभाइरस उपचार कोषमा १ करोड योगदान
काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद अन्र्तगत निर्माण व्यवसायी कोषको तर्फबाट कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोड योगदान गर्ने निर्णय भएको छ ।
यो रकम नेपाल सरकारअन्तर्गतको कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
यसैबीच कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि चैत १८ गतेसम्म मुलुक लक डाउन गर्ने नेपाल सरकारको निर्णयको महासंघले स्वागत गरेको छ ।
महासचिव रोशन दाहालद्धारा मंगलवार जारी विज्ञप्तिमा सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह गरिएको छ । साथै लक डाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ-आफ्नो निर्माण कार्यहरु बन्द गर्न र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ–आफ्नो सचिवालयहरु सरकारको निर्देशन अनुसार बन्द गर्न–गराई सहयोग गर्न महासंघले अनुरोध गरेको छ ।
अहिलेको असहज अवस्थमा समेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण