कतार एयरको फ्लाइटमा कोरोना संक्रमित युवतीसँगै आएका युवक क्वारेनटाइनमा
बुटवल । यहि चैत्र ४ गतेर कतार एयरवेजको फलाईटमा काठमाडौं आएकी कोरोना संक्रमित १९ वर्षीया नेपाली युवतीसँगै सोही फलाईटमा आएका बाग्लुङ्घका एक युवकलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्वर–५ अधिकारीचौरका अजय विकलाई घरमै सेल्फ क्वारेन्टाइनको ब्यबस्था मिलाएर फर्किएको नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए ।
‘उनीहरुका दुईवटा घर रहेछन्, एउटामा अजयलाई मात्र राखियो, अर्को घरमा उनका श्रीमती र छोराछोरीहरुलाई राखिएको छ’ मेयर नेपालीले भने । मेयर नेपाली र बुर्तिबाङ्घ स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्ला ठकुरी विकलाई भेटेर फर्किएका हुन् ।
डाक्टर ठकुरीका अनुसार विकको स्वास्थ्य अवस्था सामान्य छ । उनको अवस्था सामान्य देखिएकोले उनलाई सेल्फ क्वारेन्टाइनमा राखिएको मेयर नेपालीले बताए । उनी चैत्र ५ गते नै घर पुगेको बताइएको छ । विक कतारको वैदेशिक रोजगारबाट फर्किएका हुन् । कोरोना भाईरसमा देखिने कुनै प्रकारको लक्षण उनमा नदेखिएको डाक्टर मल्लले बताए । ती नेपाली युवती फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण