खाद्यवस्तु बेच्ने पसलहरु निर्वाध रुपमा सञ्चालन हुन्छन् : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवा बन्द नहुने स्पष्ट पारेको छ ।
मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणको लक्ष्यसहित गरिएको लक डाउनको मंगलबार पहिलो दिन भएकाले आवश्यक बस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको उल्लेख गर्दै भोलिदेखि त्यस्ता वस्तुहरुको कारोबार गर्ने पसलहरु निर्वाधरुपमा सञ्चालन गर्न अनुरोध गरेको हो ।
यस्तै मन्त्रालयले देशका केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिँडडूल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने र विना पासका सवारीसाधनलाई नियन्त्रणमा लिइ साँझ फिर्ता दिने लगायतका कार्य भएको पनि जनाएको छ ।
यस्तै मन्त्रालयले कुनै जरुरी काम नपरिकन पनि सवारी पास माग गर्ने प्रवृत्ति बढेको गुनासो समेत गरेको छ ।
मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न सहयोग गरेकामा सबै नेपाली नागरिकलाई धन्यवाद दिएको छ ।
मंगलबार बिहान ६ बजेदेखि लागू भएका लकडाउनको घोषणा आगामी चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
