खाद्यवस्तु बेच्ने पसलहरु निर्वाध रुपमा सञ्चालन हुन्छन् : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवा बन्द नहुने स्पष्ट पारेको छ ।
मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रणको लक्ष्यसहित गरिएको लक डाउनको मंगलबार पहिलो दिन भएकाले आवश्यक बस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको उल्लेख गर्दै भोलिदेखि त्यस्ता वस्तुहरुको कारोबार गर्ने पसलहरु निर्वाधरुपमा सञ्चालन गर्न अनुरोध गरेको हो ।
यस्तै मन्त्रालयले देशका केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिँडडूल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने र विना पासका सवारीसाधनलाई नियन्त्रणमा लिइ साँझ फिर्ता दिने लगायतका कार्य भएको पनि जनाएको छ ।
यस्तै मन्त्रालयले कुनै जरुरी काम नपरिकन पनि सवारी पास माग गर्ने प्रवृत्ति बढेको गुनासो समेत गरेको छ ।
मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न सहयोग गरेकामा सबै नेपाली नागरिकलाई धन्यवाद दिएको छ ।
मंगलबार बिहान ६ बजेदेखि लागू भएका लकडाउनको घोषणा आगामी चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई