बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दैनिक ७० हजार मास्क उत्पादन गर्दै व्यवसायी मल्होत्रा, अब ५ रुपैयाँमै पाइने

बुधबार, १२ चैत २०७६, ०० : २८
बुधबार, १२ चैत २०७६

काठमाडौं – व्यवसायी दीपक मल्होत्राले दैनिक ७० हजार मास्क उत्पादन सुरु गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) फैलिनसक्ने त्रासका बीच मास्क अभाव भएका बेला सोमबारदेखि उनले दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन गर्न सुरु गरेका छन् । केही दिनमा उनले उत्पादन गरेका मास्क बजारमा आउँदैछन्। आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य हुने उनको दाबी छ । उक्त मास्कको मूल्य ५ रुपैयाँ पर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप