कोरोना भाइरसको आशंकामा ९ जना अस्पताल भर्ना
बिहीबार, १३ चैत २०७६, १२ : ००
कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९ जना लाई भर्ना गरिएको छ ।
एक जना संयुक्त अरब इमिरेट्सको दुबई र अन्य भारतवाट आएका हुन् ।
आठ जनाको स्वाव परीक्षणका लागी अस्पतालको गाडीमा गएराति काठमाडौ पठाइसकिएको र बाँकी एकजनाको आज पठाउने तयारी भइरहेको अस्पतालका डा.जगदीश जोशीले जानकारी दिए ।
‘भाइरस पहिचानका लागि नमुना काठमाडौं पठाउनु पर्ने झन्झट छँदैछ, त्यसैमा लकडाउनका परीक्षणमा ढिलाइ हुन थालेको छ’, जोशीले बताए ।
यसअघि पनि भारत कतार दुबई लगायतका स्थानवाट आएका ८ जना संकास्पदलाई आईसोलेसनमा भर्ना गरिएको थियो । उनीहरुको स्वाव परीक्षण नेगेटिभ आइसकेको उनले बताए ।
अस्पतालमा १० वेडको आइसोलेसन सुविधा छ । डां. जोशीले संकास्पद बिरामीका लागि अस्पतालकै अर्को भवनमा ३५ जनासम्म अटाउने वेड निर्माण भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण