नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं चरणको सिरिज स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । सिरिजमा नेपालसहित आयोजक नामिबिया र स्कटल्याण्ड रहेका थिए ।
आईसीसीले बिहिबार पे्रशविज्ञप्ती जारी गर्दै जुन ३० तारिखभन्दा अघिका सबै प्रतियोगिता स्थगित गरेको पनि उल्लेख गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबै स्पर्धा सारेको पनि आईसीसीले जनाएको छ । आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएपनि मिति उल्लेख गरेको छैन ।
यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो । लिग–२ सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने अवसर हो । जसमा नेपालसहित अमेरिका, स्कटल्यान्ड, ओमान, युएई, नामिबिया र पपुवान्युगिनी गरी सात देश छन् । प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् ।
लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । नेपालले लिगमा जम्मा चार खेल खेलेको छ । गत माघमा कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई दुई वटै खेलमा हराएको थियो । नेपाल ओमानसँग भने दुवै खेल गुमाएको थियो । नेपालले चार खेलबाट चारनै अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण