चिकित्सकलाई प्रम ओलीको आग्रह : सामग्रीहरु उपलब्ध हुँदै छन्, धैर्य गरौँ
बिहीबार, १३ चैत २०७६, १८ : १०
१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर तथा नर्सहरूलाई हाल मौज्दात सामग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले सरकार पनि सँगै रहेको भन्दै चिकित्सक तथा प्राविधिकहरुलाई ढाडस दिए ।
उनले भनेका छन् 'हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होु, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदै छन् । धैर्य गरौँ । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ । सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔं ।'
स्वास्थ्यकर्मीहरुलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), र मास्कलगायतका सुरक्षा किटको अभाव देखिएको छ । कोभिड–१९ संक्रमण जाँच्ने कीट र स्वास्थ्यकर्मीहरुका लागि (पीपीईं) चीनबाट मगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण