चिकित्सकलाई प्रम ओलीको आग्रह : सामग्रीहरु उपलब्ध हुँदै छन्, धैर्य गरौँ
बिहीबार, १३ चैत २०७६, १८ : १०
१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर तथा नर्सहरूलाई हाल मौज्दात सामग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले सरकार पनि सँगै रहेको भन्दै चिकित्सक तथा प्राविधिकहरुलाई ढाडस दिए ।
उनले भनेका छन् 'हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होु, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदै छन् । धैर्य गरौँ । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ । सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔं ।'
स्वास्थ्यकर्मीहरुलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), र मास्कलगायतका सुरक्षा किटको अभाव देखिएको छ । कोभिड–१९ संक्रमण जाँच्ने कीट र स्वास्थ्यकर्मीहरुका लागि (पीपीईं) चीनबाट मगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत