अभिनेत्री नन्दिता भन्छिन्– कोरोनाको सन्देश गाउँमा पुर्याउनु आवश्यक छ
काठमाडौं । अभिनेत्री नन्दिता केसीले कोरोना भाइरसबाट बच्नका लागि गाउँमा पनि सचेतना फैलाउनु आवश्यकता रहेको औंल्याएकी छन् । उनले एक भिडियो सन्देशमार्फत सो कुरा बताएकी हुन् । ‘शहरी क्षेत्रका मानिसलाई विभिन्न माध्यमबाट कोरोनाको चेतना भएको छ । गाउँमा यसको जानकारी पुर्याउनु जरुरी छ’ उनले भिडियो सन्देशमा भनेकी छन्, ‘सामाजिक सञ्जाल वा अन्य माध्यमबाट शहरी क्षेत्रमा बस्ने मानिसहरु विश्वमा कोरोनाले निम्त्याएको प्रकोपको जानकार छन् । यसबाट कसरी बच्न सकिन्छ त्यो थाहा छ ।’
अभिनेत्री केसीले समाचार, इन्टरनेट लगायतका मध्यम पुग्न नसक्ने स्थानमा समेत कोरोनाको सन्देश पुर्याउनु पर्नेमा उनले जोड दिएकी छन् । ‘स्वास्थ्य चौकी पुग्न घन्टौं लाग्ने ग्रामीण क्षेत्रमा कोरोनाबाट बच्ने उपाय र यसको लक्षण देखिए कसलाई सम्पर्क गर्ने भन्ने जानकारी पुर्याउनु जरुरी छ’ उनले थपिन् ।
अभिनेत्री केसीले सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने समाचारहरु पोस्ट नगर्न यस्तो समाचार प्रति सजक रहन सबैलाई आग्रह गरेकी छन् । एक समय नेपाली चलचित्रमा बाक्लै देखिने अभिनेत्री नन्दिता पछिल्लो समय भने अभिनय भन्दा टाढा रहेकी छन् । तर अहिले भने भिडियो सन्देश मार्फत सबै माझ जोडिन पुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण