तपाईलाई अर्गानिक तरकारी चाहिएको छ ? अब उपत्यकाका यी ठाउँमा हुन्छ माटो ब्राण्डको भ्यान
शनिबार, १५ चैत २०७६, २३ : ५५
ललितपुर– प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ को भ्यानले अब काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अर्गानिक फलफूल र तरकारी उपलव्ध गराउने भएको छ ।
‘आत्मनिर्भरताको उपाय खोजौ, नेपाली माटोको उत्पादन रोजौ’ भन्ने नारासहित बजारमा आएको उक्त ब्राण्डको भ्यान अब तरकारी र फलफुल लिएर काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य चोकमा उपलव्ध हुने भएको हो ।
फलफूल र तरकारीसहितको माटो ब्राण्डको भ्यान अब काठमाडौंको ज्ञानेश्वर, नक्साल, केएमसी नजिक सिनामंगल र सोल्टीमोडमा उपलव्ध हुनेछ भने ललितपुरको बालकुमारी, झम्सिखेल र लगनखेलमा उपलव्ध हुनेछ ।
त्यस्तै भक्तपुरको चुनदेवीमा पनि माटो ब्राण्डको भ्यानले ग्राहकहरुका लागि अर्गानिक तरकारी र फलफूल उपलव्ध गराउने जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण