न्यूयोर्कको लकडाउन प्रस्तावबारे बोले गभर्नरः त्यसपछि हामी चीनको ऊहान जस्तो हुनेछौं जसको कुनै अर्थ छैन
न्यूयोर्कका गभर्नर एन्ड्रू क्योमोले क्वारेन्टिनको प्रस्तावमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग सहमती जनाएका छन् । साथै उनले आफू लकडाउनको विचारमाथि समर्थन गर्न नसक्ने पनि स्पष्ट पारेका छन् ।
सीएनएनसँगको कुराकानीमा गभर्नर क्योमोले भने, ‘न्यूयोर्क त पहिलेदेखि नै लगभग क्वारेन्टिनमा छ । यहाँ कुनै कार्यक्रम भइरहेका छैनन् । मानिसहरुमा भीडमा जम्मा भइरहेका छैनन् । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन दिए त्यो लकडाउन हुनेछ । त्यसपछि हामी चीनको ऊहानजस्तै हुनेछौं जसको कुनै अर्थ छैन ।’
क्योमोले लकडाउनको विचारलाई ‘अमेरिकी विरोधी’ र ‘अर्थव्यवस्थाका लागि खतरा’ बताएका छन् । उनका अनुसार लकडाउन लागू गर्नु ‘युद्धको घोषणा’ सरह हुनेछ र आफूले यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताएका छन् ।
यसअघि न्यूयोर्कलाई क्वारेन्टिन गर्ने बारे ट्रम्पको प्रस्तावबारे सोधिँदा क्योमोले यसबारे उनको राष्ट्रपतिसँग कुनै पनि कुरा नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल विवादबारे उच्चस्तरीय आयोगले बुझाएको प्रतिवेदनमा के छ ?
-
विभिन्न अफरसहितको यामाहाको महाएक्सचेन्ज मेला सुरु
-
एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण
-
इजरायलद्वारा अल जजिरा च्यानलमाथि प्रतिबन्ध
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमण : दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन केन्द्रित
-
रिङरोडमा ‘सारी राइडर’ !