न्यूयोर्कको लकडाउन प्रस्तावबारे बोले गभर्नरः त्यसपछि हामी चीनको ऊहान जस्तो हुनेछौं जसको कुनै अर्थ छैन
न्यूयोर्कका गभर्नर एन्ड्रू क्योमोले क्वारेन्टिनको प्रस्तावमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग सहमती जनाएका छन् । साथै उनले आफू लकडाउनको विचारमाथि समर्थन गर्न नसक्ने पनि स्पष्ट पारेका छन् ।
सीएनएनसँगको कुराकानीमा गभर्नर क्योमोले भने, ‘न्यूयोर्क त पहिलेदेखि नै लगभग क्वारेन्टिनमा छ । यहाँ कुनै कार्यक्रम भइरहेका छैनन् । मानिसहरुमा भीडमा जम्मा भइरहेका छैनन् । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन दिए त्यो लकडाउन हुनेछ । त्यसपछि हामी चीनको ऊहानजस्तै हुनेछौं जसको कुनै अर्थ छैन ।’
क्योमोले लकडाउनको विचारलाई ‘अमेरिकी विरोधी’ र ‘अर्थव्यवस्थाका लागि खतरा’ बताएका छन् । उनका अनुसार लकडाउन लागू गर्नु ‘युद्धको घोषणा’ सरह हुनेछ र आफूले यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताएका छन् ।
यसअघि न्यूयोर्कलाई क्वारेन्टिन गर्ने बारे ट्रम्पको प्रस्तावबारे सोधिँदा क्योमोले यसबारे उनको राष्ट्रपतिसँग कुनै पनि कुरा नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण