बेलायतमा नेपाली इन्जिनियरको मृत्यु
लन्डन । बेलायतमा बस्दै आएका ६३ वर्षीय एक नेपाली इन्जिनियर केदार पन्तको अस्पतालमा मृत्यु भएको छ ।
कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा मृत्यु भएको हो । उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन केहि दिन लाग्ने बताइएको छ ।
नेपाल घर लम्जुङ भएका पन्त लामो समयदेखि बेलायतको लन्डनस्थित ग्रीन्फोर्डमा बस्दै आएका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएएनए) यूकेका सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन यूकेका संस्थापक सल्लाहकार समेत रहेका पन्त श्रीमती र एको छोराकासाथ लामो समयदेखि बेलायतमा बस्दै आएका थिए ।
हालसम्म बेलायतमा कोरोनाकै कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय अठ्ठाइस पुगेको छ भने विश्वभरिमा ३२ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण