सलमान खानको फुपुको छोराको निधन, सोसल मिडियामार्फत् जनाए दुःख
बलिउड सुपरस्टार सलमान खानको फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भएको छ । सलमानले सोसल मिडिया पोष्टमार्फत् यसबारे जानकारी दिएका हुन् ।
सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्यामश्वेत तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं ।’ अब्दुल्ला सलमानको बिइङ्ग स्ट्रङ्ग अभियानका लागि हिस्सा थिए ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अब्दुल्लाको पछिल्लो केही समयदेखि स्वास्थ्य खराब थिएन । उनको कलेजोमा समस्या थियो । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । सलमान पनि उनको अवस्था हेर्न अस्पताल पुगेका थिए ।
यी सेलिब्रिटीले जताए अब्दुल्लाको निधनमा दुःख
Will always love you... pic.twitter.com/bz0tBbe4Ny
— Salman Khan (@BeingSalmanKhan) March 30, 2020
सलमानबाहेक नायिका डेजी शाह र जरिन खानले अब्दुल्लाको निधनमा दुःख व्यक्त गरेका छन् र सोसल मिडियामा यसबारे पोष्ट गरेका छन् ।
डेजीले अब्दुल्लाको तस्बिर सेयर गर्दै लेखिन्, ‘मेरो सबैभन्दा मिल्ने साथी, तिमीलाई सधैं प्रेम गर्नेछु ।’
यस्तै जरिन खानले पनि उर्दूमा पनि एक पोस्ट गरेकी छिन् । यस्तै, नायक राहुल देवले पनि ट्वीटरमा सलमानको पोस्टमा कमेन्ट गर्दै अब्दुल्लाको निधनमा दुःख जताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण