टर्कीका राष्ट्रपतिद्वारा कोरोना भाइरससँग लड्न ७ महिनाको तलब दान
मङ्गलबार, १८ चैत २०७६, १० : २९
टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले कोरोना भाइरससँग लड्नका लागि आफ्नो ७ महिनाको तलब दान गर्ने घोषणा गरेका छन् । उनले सोमबार राष्ट्रिय एकता अभियान सार्वजनिक गर्दै यस्तो घोषणा गरेको सरकारी समाचार एजेन्सी एनादोलुले बतायो ।
‘म आफ्नो सात महिनाको तलब दान दिएर यो अभियानको सुरुवात गर्दैछु,’ उनले भने ।
यो अभियानमा मन्त्रीपरिषदका सदस्य र सांसदहरुले ७ लाख ९१ हजार डलर दान दिइसकेको एनादोलुले जानकारी दिएको छ ।
यो अभियान कोरोनाभाइरसका कारण आर्थिक अवस्था खस्किएका आफ्ना कम आय भएका जनतालाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको राष्ट्रपतिले जानकारी दिए ।
जोन होप्किन्स युनिभर्सिटीको डाटा अुनसार टर्कीमा हाल १० हजार ८ सय २७ व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण