थाइल्याण्डमा दुई हजार हात्तीको ज्यान संकटमा, भोकै मर्न बाध्य
बुधबार, १९ चैत २०७६, ११ : ५५
कोरोना भाइरसको संक्रमणका कारण थाइल्याण्डमा पर्यटन क्षेत्रमा काम गर्ने करिब दुई हजार हात्तीको जीवनमा संकट छाउन थालेको छ । यात्रा प्रतिबन्धका कारण पर्यटक त्यहाँ नपुग्दा मालिकलाई हात्तीको खान पिनमा नै समस्या हुन थालेको छ । पर्याप्त खानाको कमीका कारण यी हात्तीको स्वास्थ्य खराब हुँदै गइरहेको छ । वन्यजीव कार्यकर्ताले हात्ती भोकभोकै मर्ने स्थितीमा पुगेको जानकारी दिएका छन् ।
थाइल्याण्डमा कोरोना भाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । थाइल्याण्डको सरकारले बुधबार १२० नयाँ कोरोना संक्रमित र दुईजनाको मृत्यु भएको पुष्टि गरेको छ । सरकारको सेन्टर फर सिओवीआइडी–१९ सिचुएशन एडमिनिस्ट्रेशनका एक प्रवक्ताले यसको जानकारी दिए । नयाँ आँकडा अनुसार यो दक्षिण पूर्व एशियाली देशमा संक्रमणको कूल संख्या १७७१ पुगिसकेको छ भने १२ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण