जीवनरक्षक औषधिको ढुवानी ठप्प, स्वदेशमा उत्पादित कारखानामै थन्कियो
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ। स्वदेशी उत्पादन फयाक्ट्रिमै रहेका कारण अभाव सिर्जना हुँदा विक्रेताले कालोबजारी शुरु गरेका छन्।
नेपालमा कुल मागको करिब ४५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्दै आएको छ। बाँकी ५५ प्रतिशत भारत, बंगलादेश, पाकिस्तान, मलेशिया, जर्मनीलगायत मुलुकबाट आयात हुने गरेको छ। ती सबै मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको छ।
नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिंदै जीवनरक्षक औषधिको पर्याप्त व्यवस्था गर्नुपर्नेमा अभाव सिर्जना भएको विरामीको गुनासो छ। क्यान्सर प्रभावित श्रमतीको केमोथेरापीद्वारा उपचार गराउँदै आएका ज्ञानेन्द्रविक्रम महतले औषधिको अभाव गम्भीर समस्या रहेको बताए। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण