निगमको घुम्ती सेवा : दुई दिनमा २६० सिलिण्डर बिक्री
नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ ।
मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका २६० सिलिण्डर वितरण गरेको छ ।
लकडाउन अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकतानुसार विभिन्न ग्यास कम्पनीका सिलिण्डर वितरण गर्दै आएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार ८७ सिलिन्डर ग्यास बिक्री गरिएको थियो जसमा नेपाल ग्यास ४१, एसटिसी २०, सुगम–एभरेष्ट ग्यास १०, श्री–बाबा ६ र सगर ग्यास १० सिलिन्डर छन् ।
त्यस्तै बुधबार सात कम्पनीका १७३ सिलिण्डर बिक्री गरिएको छ । तिनमा नेपाल ग्यास ७७, एसटिसी २८, श्री १५, एभरेष्ट २३, सगर १४, बाबा १२ र शिवम् कम्पनीका चार सिलिण्डर बिक्री गरियो । उपाध्यायका अनुसार उपभोक्ताको मागनुसार घुम्ती सेवामार्फत र अत्याश्यक हुनेलाई निगमको टेकु कार्यालयबाट ग्यास बिक्री गरिएको छ ।
निगमले घुम्ती सेवा र टेकु कार्यालयबाट बेच्नका लागि विभिन्न कम्पनीका ३६० सिलिन्डर ग्यास तयार पारेको थियो । सोअनुसार निगमसँग नेपाल ग्यास ८० तथा सुगम–एभरेष्ट, एसटिसी, बाबा–श्री र सगर ग्यास ७०–७० थिए ।
निगमले बढ्न सक्ने सम्भावित माग ध्यानमा राखी नेपाल ग्यास थप ८० एवं एसटिसी, लुम्बिनी र सिद्धार्थ ७०–७० तथा मनोज, एचपी र गृहलक्ष्मीका ३५–३५ सिलिण्डर ग्यास मगाएर मौज्दातसमेत राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण