सेलपेबाट भुक्तानी गरेर यसरी पाउनुस् १० थान मास्क निःशुल्क

काठमाठौं– सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । ग्राहकले सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् ।
हाल विश्व भरी फैलिदै गरेको कोरोनाभाइरस (कोविड–१९)को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी सस्तो डिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ ।
यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाइरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेशनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।
साथै कोरोनाभाइरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ । जस्को लागि सेलपेको ग्राहकहरुले सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’
-
गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा