एनएमबि बैंकको कोरोना रोकथाम कोषमा १ करोड ५१ लाख योगदान
काठमाडौं– एनएमबि बैंकले कोरोनाभाइरसको महामारीबिरुद्घ अग्रसर हुन स्थापित सरकारको ‘कोभिड–१९ रोकथाम कोष’लाई १ करोड ५१ लाख योगदान गरेको छ ।
उक्त रकम प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रदान गरेका छन् ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।
यसबाहेक बैंकले अनलाइन ब्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यूआर कोडमार्फत गरिएको कुल भुक्तानीको १५% रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत केसीले यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले समुदायमा दीगो प्रभाव पार्न हाते मालो गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण