लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प, वारेन्टी र फ्रि सर्भिस अवधि पनि थपिने
काठमाडौं– सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सात दिने चेकअप क्याम्प संचालन गर्ने भएको छ ।
सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ । यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ ।
क्याम्पमा कम्पनीले इन्जिन आयललगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ । कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्प सम्मान गर्ने पनि बताएको छ ।
यो अवधिमा ग्राहकवर्गमा आफ्नो सुजुकी गाडीको अवस्थासम्बन्धी हुनसक्ने चिन्ता प्रति कम्पनीको ध्यानाकर्षण भएको छ र योे योजनाले ग्राहकहरुको चिन्ता हटाउने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण