नेपाली उत्पादित वस्तु प्रमाणपत्रविनै भारत निर्यात गर्न सकिने
काठमाडौं – लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टि्फिकेट अफ ओरिजन) विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने अवस्था आएपछि दुवै मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको हो । तर, लकडाउन खुलेपछि निर्यात भइसकेको वस्तुको उत्पत्तिको प्रमाणपत्र बनाएर भारतलाई बुझाउनुपर्ने छ ।
भारतमा उत्पादित हुने वस्तु आयात गर्दा पनि उत्पत्तिको प्रमाणपत्र अनिवार्य नगरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । भन्सार तिरेर निर्यात हुने सामानमा भने यसले कुनै असर नगर्ने मन्त्रालयको भनाइ छ ।
नेपालमा उत्पादित वस्तु भारतमा निर्यात गर्दा सम्बद्ध वस्तु नेपालमा नै बनेको भनेर प्रमाणित गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गर्दै आएको छ । तेस्रो मुलुकमा निर्यात गरिने वस्तुको हकमा भने नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले प्रमाणीकरण गर्दै आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण