अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि आइसीयूमा राखियो
मङ्गलबार, २५ चैत २०७६, ०६ : ४०
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ ।
उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ ।
जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
बोरिस जोनसोनले अस्पताल भर्ना हुनु अघिसम्म प्रधानमन्त्री पदको जिम्मेवारी आइसोलेशनमा रहँदासमेत सम्हालिरहेका थिए तर अब उनले आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई हस्तान्तरण गरेका छन् ,।
प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती एनएचएस स्वास्थ्यकर्मी प्रधानमन्त्रीको पूर्ण प्रतिबद्धताका साथ हेरविचार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण