पूर्वमन्त्री विष्टद्वारा गुल्मीका स्वास्थ्य संस्थाहरुलाई ३ सय थान पीपीई सहयोग
गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ का सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले कोरोनाभाइरसको विश्वव्यापी संक्रमणको बेला आफू गरिब तथा मजदुरहरुको चुलो चलाउन मुस्किल परेको प्रति चिन्तित रहेको बताएका छन् । विहीबार गृह जिल्ला गुल्मीमा ३ सय थान पीपीई पठाउँदै नेता बिष्टले यस्तो चिन्ता प्रकट गरेका हुन् ।
उनले दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएका मजदुर वर्ग ठूलो समस्यामा परेको बताउँदै उनले भने, ‘मैले जिल्लाका हरेक गाउँपालिका प्रमुखदेखि वडा स्तरसम्मका जनप्रतिनिधीहरुलाई दैनिक जसो फोन गरेर आवश्यक वर्गलाई राहत उपलब्ध गराउनका लागि कञ्जुसाइँ नगर्न आग्रह गर्दै आएको छु । यदि कोही त्यस्तो समस्यामा परेको भए तत्काल सूचित गर्न पनि म आग्रह गर्दछु ।’
‘हामीले सहयोगी संघ संस्था र साथीहरुको सहयोगमा गुल्मीमा ३ सय थान पीपीई सेट पठाएका छौँ । अब छिटै थर्ममिटर, माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु पठाउँदै छौँ,’ सांसद विष्टले भने, ‘गृह जिल्लमा कुनै किसिमको कमी हुन नदिने गरी हामी खटिरहेका छौँ ।’
नेता विष्टले पठाएको ३ सय थान पीपीई बुझ्दै जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ठुलो अभाव खड्किएको बेला पूर्वमन्त्री विष्टले पठाएको प्रति जिल्लावासीको तर्फबाट आभार प्रकट गरेका छन् ।
उनले त्यसमध्ये ६० थान जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने र १२ वटै स्थानीय तहलाई २० थानका दरले वितरण गर्न पूर्वमन्त्री विष्टद्वारा निर्देशन आएकोले त्यही अनुसार वितरण गरिने जानकारी दिए । जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने पीपीई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मीका ईन्चार्ज तथा प्रदेश सांसद दिनेश पन्थीद्वारा हस्तान्तरण गरिएको थियो ।
पीपीई बुझ्दै त्यस अस्पतालका सुपरिटेण्डेन डाक्टर उत्तम पाच्यले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पिपिईको अभाव भइरहेको बेला पूर्वमन्त्री बिष्टको सहयोगप्रति आभार प्रकट गरे । स्वास्थ्य कार्यालय प्रमुख भवानी शर्माले पनि नेता बिष्टलाई धन्यवाद् ज्ञापन गरेका छन् ।
विहीबार नै गुल्मीको छत्रकोट, ईस्मा, मालिका, मदाने, धुर्कोट गाउँपालिकाका प्रमुख र गुल्मी दरवार गाउँपालिकाका स्वाथ्यकर्मीले २०–२० थान पीपीई बुझेर लगेका छन् । अन्यलाई शुुक्रवार दिनभरमा पठाइ सकिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण