दिपाश्रीले कसलाई भनिन् ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने’
शुक्रबार, २८ चैत २०७६, १० : २७
नेपाली हास्य कलाकार तथा अभिनेता केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ को आज जन्मदिन हो ।
उनको जन्मदिनमा उनको आधिकारिक फेसबुक पेज शुभकामना सन्देशले रङ्गिएका छन् ।
उनलाई नेपाली सिने जगतसँग सम्बन्धित व्यक्तिहरुदेखि उनका प्रशंसकले पनि जन्मदिनको शुभकामना दिएका छन् ।
यसै पंक्तिमा निर्मात्री दिपाश्री निरौला पनि परेकी छिन् । उनले केदार र नायिका केकी अधिकारीसँग खिचिएको फोटो पोस्ट गर्दै निकै रमाइलो पारामा जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने...माग्नेबुढा....हल्का रामाइलो... माग्नु जन्मदिनको शुभकामना है ।’
उनको यो पोष्टमा ७ सय बढीले कमेन्ट गरेका छन् भने पाँच हजार बढीले लाइक गरेका छन् ।
माग्ने बुढा अर्थात् केदार घिमिरेलाई रातोपाटीको तर्फबाट पनि जन्मदिनको शुभकामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण