कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आइतबार, ३० चैत २०७६, १३ : ०१
मकवानपुर – कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा ईन्द्रसरोवर गाउँपालिका–४ थाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको विषयलाई लिएर प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाँउ बस्ने ४० वर्षीय जितबहादुर पाख्रीनको ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि प्रदिपलाई प्रहरीले पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण