सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास घरमा थुपार्दा सिलिन्डर अभावले थन्किए ग्यासका बुलेट
मङ्गलबार, ०२ वैशाख २०७७, ०७ : ४८
धादिङ – सर्वसाधारणले चाहिनेभन्दा बढी ग्यास किनेर घरमा थुपार्दा भारतबाट ग्यास बोकेर आएका बुलेट उद्योगहरुमा थन्किन थालेका छन् ।
खन्याउन भाँडो नभएर उद्योग परिसरमा आइपुगेका ग्यास बुलेट थन्किएका हुन् ।
धादिङका १३ ग्यास उद्योगले करिब १० लाख सिलिन्डर बजार पठाएका छन् । ग्यासका बुलेट आउने तर बजार पठाइएका सिलिन्डर नआउँदा समस्या परेको उद्योग सञ्चालकहरुको भनाइ छ ।
थाक्रे गाउँपालिका वडा नं ७ जुँगेखोलामा रहेको श्री ग्यास उद्योगले काठमाडौं र धादिङमा एक लाख एक हजार चार सय ६४ सिलिन्डर बजार पठाएको छ । ती सबै उद्योगमा नआएकाले बुलेटहरु थन्किएका उद्योगका स्टोरकिपर श्यामकृष्ण उप्रेतीले बताए । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण