सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : समुद्रमा डुब्यो टाइटेनिक, ५० बालबालिकासहित १५ सयभन्दा बढी बेपत्ता

मङ्गलबार, ०२ वैशाख २०७७, ०९ : ४०
मङ्गलबार, ०२ वैशाख २०७७

आज १४ अप्रिल । बेलायतको साउटह्याम्पटनबाट अमेरिकाको न्युयोर्क सिटीका लागि हिँडेको संसारकै ठूलो पानीजहाज टाइटेनिक आजैका दिन एटलान्टिक महासागरस्थित हिम पर्वतमा ठोक्किएको थियो । यो जहाज १० अप्रिल १९१२ मा साउटह्याम्पटनबाट आफ्नो पहिलो यात्राका लागि निस्किएको थियो तर दुर्भाग्य त्यही यात्रा अन्तिम बनिदियो । १५ अप्रिलको बिहानसम्म जहाज पूर्ण डुबिसकेको थियो ।

टाइनेनिकमा २ हजार २ सय २४ जना यात्रु सवार थिए । स्थानीय समयअनुसार आइतबार मध्यरात ११ बजेर ४० मिनेट जाँदा यो जहाज हिउँको ढिक्कामा ठोक्किएको थियो । यसपछि २ घण्टा ४० मिनेटसम्म १५ सय जनाभन्दा बढी व्यक्ति डुबिसकेका थिए । यसमा ५० जना बालबालिका समेत थिए ।

टाइटेनिक दुर्घटनालाई शान्तिको समयमा (युद्धको अवस्थाबाहेक) भएको सबैभन्दा ठूलो जहाज दुर्घटनामध्ये एक मानिन्छ ।

जहाज ठोक्किनुअघि चालक क्याप्टेन स्मिथलाई ६ पटक हिउँमा ठोक्किनसक्ने भन्दै स्पिड घटाउन चेतावनी पनि दिइएको थियो । तर उनले स्पिड घटाएनन् । टाइटेनिक दुर्घटनाबारे धेरै तथ्यहरु सार्वजनिक भइसकेका छन् । सबैभन्दा चाँडो अमेरिका पुगेर विश्वकै सर्वाधिक छिटो कुद्ने पानीजहाज बन्ने कीर्तिमान राख्नुपर्ने दबाबका कारण पनि टाइनेटिक दुर्घटनामा परेको कतिपयले बताउँछन् ।

जहाज डुब्ने पक्का भइसकेपछि पनि यहाँका संगीतकारहरु गीत गाउँदै थिए, उनीहरु आफू र आफ्ना वरपरका मानिसलाई खुसी बनाउन चाहन्थ्ये । जहाज डुबेपछि खोजी गर्दा सुरुमा ३ सय ६ जनाको शवमात्रै भेटियो, बाँकी सबै डुबेर बेपत्ता भएका थिए ।

टाइटेनिनक जुन पानीमा डुबेको थियो, त्यहाँको तापक्रम २ डिग्री सेल्सियस थियो । त्यसैले पनि कोही मानिस त्यहाँ लामो समय बाँच्ने सम्भावना थिएन । यस जहाजलाई कहिल्यै नडुब्ने जहाज समेत भनिन्थ्यो, त्यसैले केवल २० लाइफबोट मात्रै राखिएको थियो । जसले केवल ११ सय ७८ जनालाई बचाउन सक्थ्यों । सायद, पर्याप्त लाइफबोट भएको भए धेरै बाँच्नसक्ने पनि थिए । उत्तरी एटलान्टिक महासागरमा धेरै प्रयासपछि अन्तत १ सेप्टेम्बर १९८५ मा मात्रै जहाजको अवशेष फेला परेको थियो, समुदाको झन्डै १२ हजार ५ सय फिट तल ।

टाइटेनिक जहाजबारे धेरै फिल्म र डकुमेन्ट्री बनिसकेका छन् । त्यसमध्ये, १९९७ मा प्रदर्शनमा आएको जेम्स क्यामरुन निर्देशित ‘टाइटेनिक’ सबैभन्दा चर्चित फिल्म हो । यस फिल्मले तत्कालीन समय ओस्कारमा ११ अवार्ड जितेको थियो ।

महत्त्वपूर्ण घटनाक्रम

– आजैका दिन अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनको गोली हानेर हत्या भएको थियो । वासिङटन डिसीस्थित फोर्ड थियटरमा ‘आवर अमेरिकन कजन’ नाटक हेर्नका लागि आएका लिङ्कनलाई रङ्गमञ्चका चर्चित अभिनेता जोन विल्केस बुथले नै गोली हानेका थिए ।

–सन् १८१४ मा रुस, अस्ट्रिया र प्रस्सियासँग गरेको सम्झौता सदर गर्दै नेपोललियनद्वारा राजगद्दी त्याग ।

–सन् १९४४ मा बम्बई बन्दरगाहमा भएको भयंकर बिस्फोटमा ३ सय मानिसको मृत्यु र दुई करोड पाउन्डको क्षति ।

–सन् १९७० मा अपोलो १३ मा भएको धमाकापछि तीन अन्तरिक्ष यात्रीको ज्यान जोखिममा, उडानको ५६ घण्टापछि भएको यस धमाकाले बिजुली आपुर्ति नै बन्द गरेको थियो । तर, यसका बाबजुद १७ अप्रिलमा अपोलो १३ सफलतापूर्वक धर्तीमा फिर्ता आयो ।

– सन् १०ं८८ मा सोभियत संघद्वारा अमेरिका, पाकिस्तान र अफगानिस्तानसँग जेनेभामा सम्झौता । जसअनुसारमा सोभियत संघले अफगानिस्तानबाट आफ्ना सेना फर्काउने, १९७९ देखि उसले अफगानिस्तानमा गरिरहेको ९ वर्ष लामो हस्तक्षेप अन्त्य ।

– सन् २०१०मा चीनको किगगाईमा ६ दशमलव ९ रेक्टरस्केलको भूकम्प, झन्डै २७ सय व्यक्तिको मृत्यु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप