बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इतिहासमा आज : कक्षाकोठामा विद्यार्थीले गोलीबारी गर्दा ३२ जनाको मृत्यु

बिहीबार, ०४ वैशाख २०७७, ०८ : २५
बिहीबार, ०४ वैशाख २०७७

आज १६ अप्रिल । सन् २००७ मा अमेरिकास्थित भर्जिनिया पोलिटेक्निक इस्न्टिच्युट एन्ड स्टेट युनिभर्सिटीमा २३ वर्षीय विद्यार्थी सिउङ हुई चोले अन्धाधुन्ध बन्दूक चलाउँदा ३२ जनाको ज्यान गयो भने १७ जना घाइते भए ।

दक्षिण कोरियाली मुलका यी अमेरिकी विद्यार्थीले बिहान ७ बजेर १५ मिनेट जाँदा क्याम्पस परिसरमै एक युवती र त्यही बस्ने कर्मचारीमाथि गोली हानेका थिए । यसपछि उनी त्यहाँबाट फरार भए ।

घटनास्थलमा छानबिन गर्न आएको प्रहरीले बन्दूकधारीको पहिचान गर्न सकेन, त्यसैले सुरुमा ती युवतीका प्रेमीमाथि शंका ग-यो । यसैबीच ९ बजेर ४० मिनेट जाँदा उनी थप हतियार बोकेर कक्षाकोठा भवनमा आए । उनी ९ मिलिमिटरको ह्यान्डगन, २२ क्इालिबरको ह्यान्डगन र सयौँ राउन्ड हान्न सक्ने गोली थियो ।

कक्षाकोठा भवन छिर्ने मुख्य ढोकाहरु बन्द गरेपछि उनी  गोली चलाउँदै एक कक्षाकोठा अर्को कक्षामा जान थाले । झन्डै १० मिनेटसम्म विद्यार्थीबीच भागदौड मच्चियो । अन्त्यमा यी विद्यार्थीले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरे ।

यी विद्यार्थी त्यसअघि कक्षामा कमै बोल्ने गरेको र उनमा मानसिक समस्या रहेको अनुसन्धानबाट खुल्यो । उनलाई म्युटिजम, डिप्रेसनलगायतको बिरामी रहेको र उनले यसका लागि थेरापी लिइरहको र विशेष शिक्षा पनि लिइरहेका थिए । प्रहरी अनुसन्धानअनुसार दक्षिण कोरियामा जन्मिएर सन् १९९२ मा परिवारसँगै अमेरिका छिरेका यी युवाले त्यसअघि कसैमाथि पनि हमला गरेका थिएनन् ।

घटनाले ठूलो अन्तर्राष्ट्रिय मिडिया कभरेज पाएको थियो । यसले अमेरिकामा हतियार कानूनबारे ठूलो बहस सृजना गरेको थियो । त्यस्तै, अमेरिकामा मानसिक समस्या भएका बिरामीहरुको उपचार गर्ने व्यवस्थाको बारेमा पनि प्रश्न उठाइएको थियो ।

अमेरिकी इतिहासमा विद्यालयमा भएको यो सबैभन्दा ठूलो गोलीकाण्ड थियो ।

अन्य महत्त्वपूर्ण घटनाहरुः

सन् १८५३ – भारतमा रेलसेवा सुरु, बम्बईदेखि ठाणेसम्म चल्यो पहिलो रेल ।

सन् १८८९ – विश्वप्रसिद्ध हाँस्यकलाकार चार्ली च्याप्लिनको जन्म ।

सन् १९९० – भारतको बिहारको राजधानी शहर पटना नजिकको एक खचाखच भरिएको यात्रुवाहक गाडीमा बिस्फोट हुँदा कम्तिमा ८० जनाको मृत्यु, ६५ जना घाइते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप