आजदेखि भरी सिलिण्डर ग्यास पाइने
बुधबार, ३१ असार २०८३, ०६ : ३३
सारांश
- नेपाल आयल निगमले आजदेखि देशभरि १४.२ केजीको पूर्ण ग्यास सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाएको छ।
- उपभोक्ताको माग र इन्डियन आयलका प्लान्टबाट लोडिङ सुधार भएपछि निगमले साविककै १४.२ केजी ग्यास भर्ने निर्णय गरेको हो।
- १४.२ केजी ग्यास सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ तोकिएको छ।
काठमाडौँ । आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
निगमले इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ ।
१४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि अभावलाई मध्यनजर गर्दै अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण