लकडाउनमा वडा अध्यक्षले राखेको पञ्चायतीमा झडप, २ पक्राउ
रौतहट – बारा जिल्लाको बारागढी गाँउपालिका स्थित लकडाउनकै अवधिमा वडा अध्यक्षले राखेको पञ्चायतीमा दोहरो झडप भएको छ ।
जग्गा संबन्धी बिवाद मिलाउन वडा ५ का अध्यक्ष मनेजर चौधरीले बुधवार राखेको पञ्चायतीमा दोहरो झडप हुँदा स्थानीय देवनारायण साहलाई गम्भीर चोट लागेको छ ।
साहलाई उपचारका लागी तत्कालै एम्बुलेन्सबाट भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय बारागढीका प्रमुख इन्सपेक्टर नरेन्द्र कुमार मरवैताले जानकारी दिएका छन् ।
कुटपिटमा संलग्न रहेका स्थानिय बद्री पटेल र पप्पुु पटेल नियन्त्रणमा रहेको इन्सपेक्टर मरवैताले जानकारी दिएका छन् ।
लामोसमय देखी सोही वडामा दुुईपक्ष बिच जग्गाको विवाद रहेको थियो बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अगामी १५ गते सम्म लकडाउनको घोषना गरेको छ ।
लकडाउनको अवधिमा घर बाहिर न निस्कन, भीडभाड नगर्न सरकारले गरेको आव्हानविपरित निर्वाचित वडा अध्यक्ष मनेजर चौधरीले राखेको पञ्चायतीमा दोहरो झडपभएको स्थानीय समाजसेवी तथा वडास्तरीय कोरोना भाइरस नियन्त्रण समितिका सदस्य लालबाबुु साहले जानकारी दिएका छन् ।
उता वडा अध्यक्ष मनेजर चौधरी एकपक्षले जग्गा बिवाद बारे वडा कार्यालयमा दिएको उजुरीको आधारमा पञ्चायती राखेपनी झडपको समय आफू उक्त स्थानमा नरहेको दावी गरेका छन् ।
बारा जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बारागढी गाउँपालिकामा भएको घटनाप्रति दुख ब्यक्त गर्दै जनप्रतिनिधीको गैरजिम्मेवारीको उपज रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण