लकडाउनको मौका छोपेर चिटिक्क पारियो काठमाडौंका सडक (फोटोफिचर)
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको पनि शुक्रबार २५ दिन पुगिसकेको छ ।
लकडाउनका कारण सर्वसाधारण अत्यावश्यक काममा बाहिर घरबाहिर निस्कन पाएका छैनन् । सडक सुनसान छ । विकास निर्माणका काम ठप्प छन् भने समग्र अर्थतन्त्रमा नै प्रभाव परेको छ ।

यही लकडाउनको मौका छोपेर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मातहतको यातातायत व्यवस्था विभागले भने राजधानीका सडकलाई चिटिक्क बनाउने काम गरिररहेको छ ।

मन्त्रालयमा बसन्त नेम्वाङ आएसँगै काठमाडौंका सडकमा पिचदेखि खाल्डाखुल्डी पुर्ने र समग्र सडकको अवस्थामा उल्लेख्य सुधार देखिएकोमा अहिले लकडाउनको समयमा समेत धमाधम काम भइरहेको हो ।

राजधानीका कतिपय ठाउँमा मार्किङको काम सकिइसकेको छ भने कतिपय ठाउँमा अहिले पनि धमाधम भइरहेको छ ।
अहिले राजधानीको एयर्पोट, सिनामगल, बानेश्वर, बिजुलीबजार,अनामनगर, पुतलीसडक, राम शाहपथलगायतका स्थानको सडकको मुहार नै फेरिएको छ । सेन्ट्रल लाइन, जेब्रा क्रसिङसहित विभिन्न ट्राफिक सिग्नलसहितको मार्किङले सडक निकै सुन्दर देखिएको छ। त्यसमाथि अत्यावश्यक सवारी समेत नचल्दा राजधानीको वातावरण नै सफा रहेको छ ।
सडक विभागका अनुसार मार्किङको काम समेत सामाजिक दूरी कायम गरेर गरिएको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण