बेलायतमा फेरि एक नेपालीको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो
लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एकजना भूपू गोर्खाको मृत्यु भएको छ ।
बेलायतको फार्नबरोमा बस्दै आएका८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको बुधबार राति स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा मृत्यु भएको हो ।
उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । यस्तै उनको श्रीमतीलाई समेत कोरोना ‘पोजिटिभ’ देखिएको छ । तर उनी भने घरमै ‘आइसोलसन’मा छिन् । अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ ।
सन् २००९ देखि बेलायत बस्दै आएका गुरुङका श्रीमती, दुई छोरा र एक छोरी छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका ७ काप्रे स्थायी घर भएका गुरुङलाई धेरै पहिला प्यारालाइसिस भएको र उनको नियमित फिजियो गरिंदै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट झन्डै १७ नेपालीहरुले ज्यान गुमाइसकेको तथ्यांक छ । जसमध्ये अधिकांश मृत्यु हुनेमा भूपू गोर्खाहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण