ग्यास, आलु र प्याज आयात दोब्बर
शनिबार, ०६ वैशाख २०७७, ०७ : ०९
भैरहवा : भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायत सामाग्री आयात दोब्बर भएको छ ।
अतिआवश्यक सामाग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात बढेको छ ।
खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गत वर्षको यो अवधिको भन्दा बढी छ ।
गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्यास बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । त्यस्तै, एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक आयात भए पनि डिजेल पेट्रोलको आयातमा भारी गिरावट आएको भैरहवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत कमलबहादुर भट्टराईले बताए । यो समाचार आजको नागरिक दैनिकमा मोहम्मद हबिबले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण