नेपाल एसबीआई बैंकद्वारा कोरोना कोषमा १ करोड योगदान
काठमाडौं– नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्य मन्त्री लालबावु राउत, वागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५÷५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।
बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रिय सरकारलाई ५० लाख अविलम्ब उपलब्ध गराउने बैंकले जनाएको छ । यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण