झुक्यो सरकारः पाकिस्तानमा खुल्ला हुनेछन् मस्जिद, सामूहिक नमाजसमेत हुने
पाकिस्तानी सरकार इस्लामिक समूहको अगाडि झुक्नु परेको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि रमजानको महिनामा पाकिस्तानले मस्जिदमा समूहमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो तर अब त्यहाँको सरकारले निर्णय फिर्ता लिएको छ ।
यसै हप्ता संसारभरी रमजानको महिना सुरु हुँदैछ । रमजानको महिनामा बेलुका संसारभरीका मुसलमान मस्जिदमा एकैसाथ नमाज पढ्छन् ।
धार्मिक नेतासँग स्थापित भएको सरकारको सहमती अनुसार ५० वर्षमाथिका मानिस, बालबच्चा र जसमा फ्लूको लक्षण देखिएको छ, उनीहरुलाई मस्जिदमा आउन दिइनेछैन । साथै, मस्जिदको कार्पेट हटाइनेछ भने भुईं सफा गरिनेछ । व्यक्तिबीच उचित दुरी कायम राखिनेछ । फेस मास्क पनि लगाउनुपर्नेछ । हात मिलाउन र अँगालो हाल्न पनि प्रतिबन्ध लगाइनेछ ।
प्रशासनको तर्फबाट जारी गरिएको निर्देशन टुटेको खण्डमा उक्त निर्णय पुनर्विचार गरिनेसमेत बताइएको छ ।
यसअघि पाकिस्तानको मस्जिदमा नमाजमा रोक लगाइएको थियो र अर्को आदेशसम्म यसमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि, यसको पनि कम पालना भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण