शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

झुक्यो सरकारः पाकिस्तानमा खुल्ला हुनेछन् मस्जिद, सामूहिक नमाजसमेत हुने

सोमबार, ०८ वैशाख २०७७, १० : १३
सोमबार, ०८ वैशाख २०७७

पाकिस्तानी सरकार इस्लामिक समूहको अगाडि झुक्नु परेको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि रमजानको महिनामा पाकिस्तानले मस्जिदमा समूहमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो तर अब त्यहाँको सरकारले निर्णय फिर्ता लिएको छ ।

यसै हप्ता संसारभरी रमजानको महिना सुरु हुँदैछ । रमजानको महिनामा बेलुका संसारभरीका मुसलमान मस्जिदमा एकैसाथ नमाज पढ्छन् ।

धार्मिक नेतासँग स्थापित भएको सरकारको सहमती अनुसार ५० वर्षमाथिका मानिस, बालबच्चा र जसमा फ्लूको लक्षण देखिएको छ, उनीहरुलाई मस्जिदमा आउन दिइनेछैन । साथै, मस्जिदको कार्पेट हटाइनेछ भने भुईं सफा गरिनेछ । व्यक्तिबीच उचित दुरी कायम राखिनेछ । फेस मास्क पनि लगाउनुपर्नेछ । हात मिलाउन र अँगालो हाल्न पनि प्रतिबन्ध लगाइनेछ ।

प्रशासनको तर्फबाट जारी गरिएको निर्देशन टुटेको खण्डमा उक्त निर्णय पुनर्विचार गरिनेसमेत बताइएको छ ।

यसअघि पाकिस्तानको मस्जिदमा नमाजमा रोक लगाइएको थियो र अर्को आदेशसम्म यसमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि, यसको पनि कम पालना भइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप