चुरोट सेवन गर्नेहरुमा अत्यधिक ढाड दुख्ने समस्या
एजेन्सी : आजभोलि मानिसहरुमा ढाड तथा कम्मरको दुखाई सामान्य जस्तै भइसकेको छ । व्यस्त जीवनशैली, व्यायामको कमि, कुर्चीमा गलत पोजिसशनमा बसेर गरिने कामहरु र विभिन्न नसाको लतका कारण मानिसहरुको ढाड दुख्ने समस्या बढेको चिकित्सकहरु बताउँछन् ।
यसैगरी, चुरोट सेवनले अत्यधिक ढाड दुखाई हुने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक अध्ययनले धुम्रपान गर्नेहरुको ढाड दुख्ने समस्या अधिक हुने देखाएको हो ।
यदि कोहि व्यक्ति धुम्रपान गर्छ भने उक्त व्यक्तिमा ढाड दुख्ने खतरा धेरै हुन्छ । आजभोलि धेरै मानिसहरुमा धुम्रपानको लत हुन्छ । चुरोटको प्याकेट बाहिर नै ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ लेखिएको हुन्छ । भने धुम्रपान क्यान्सरको प्रमुख कारण पनि हो ।
एक अध्ययनका अनुसार जो व्यक्ति धुम्रपान गर्छ उसमा ढाडको दुखाई १२ हप्तासम्म रहन्छ । नर्थ वेस्र्टन युनिभर्सिटी अफ फेनबर्ग मेििडकल स्कुलले गरेको अध्ययनमा धुम्रपान गर्ने व्यक्तिमा ढाडको दुखाई अन्य व्यक्तिमा भन्दा तीन गुणा बढी हुन्छ ।
उक्त अध्ययनका क्रममा ३५ जना स्वस्थ व्यक्ति र ३२ जना ढाड दुख्ने समस्या भएका व्यक्तिमा गरिएको अध्ययनले र ती व्यक्तिहरुमा गरिएको एम.आर.आई परीक्षणमा सामान्य व्यक्तिमा भन्दा धुम्रपान गर्नेहरुमा अत्यधिक ढाड दुख्ने गरेको पाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण