मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीमा विजयी कसले कति मत ल्याए ? (सूचिसहित)

शनिबार, १७ भदौ २०७४, १५ : ०३
शनिबार, १७ भदौ २०७४

काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन् । 
आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । 
यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भए भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भए । पञ्चाले निर्वाचनकै लोकप्रिय मत ल्याइन् । 


एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । यही भदौ ७ गतेदेखि भएको क्रान्तिकारीको सम्मेलन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए । 


विजयी पदाधिकारी कसले कति मत ल्याए ?
अध्यक्षः रञ्जित तामाङ –८४५
उपाध्यक्षहरुः तिलक भण्डारी –६५७,सुरेन्द्र बस्नेत ७१२, दिपक देवकोटा–६६२, विजय गौतम– ५९२ 

महिला उपाध्यक्षः पन्चा सिह–  १०५८
मधेशी उपाध्यक्षः रविकिरण यादव –५५२
जनजाति उपाध्यक्षः  दिपेशकुमार पुन –९२१
दलित उपाध्यक्षः  इन्द्रकुमार भुषाल –८१७
महासचिवः उत्तमकुमार अधिकारी –५६९ 
उपमहासचिव खुल्लाः  तुकमान महरा– ३९३
जिपी मैनाली ७२७
मिलन महत्तरा क्षेत्रि –३४१
सचिवः  
नरेश रेग्मी –३८९,  डि बि साउद ३२३, 
महिला सचिवः
 प्रविणा अधिकारी –३२७
गंगा दाहल –४७९
मधेशि सचिवः गजेन्द्र प्रसाद देव ५८०
जनजाति सचिवः राजकुमार याक्सो लिम्बू –२४६
मुस्लिम सचिवः  कल्पना मिया ७६५
दलित सचिवः मदन भुल –४३०


प्रदेश सचिवहरू
१ नम्बर  मदन भट्टराई ४४०
२ नम्बर   सुयनारायण साह ४०४
३ नम्बर   पवन कार्की ४१५
४ नम्बर   क्षितिज सापकोटा ७२४
५ नम्बर   नारायण खनाल ३५९
६ नम्बर   अम्मराज शाहि ५५८
७ नम्ब्र  दिनेश प्रसाद भट्ट ७४५
विश्वविद्यालयः  डा अच्युत भट्ट ६५४
कोषाध्यक्षः केशव रावल ५४४
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप