८१ वर्षीया वृद्धाले ११ दिनमै कोरोनालाई जितिन्
शुक्रबार, १२ वैशाख २०७७, ०७ : २७
काठमाडौं – बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन्।
बुहारी बिहीबार सासूआमाको मुख हेर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। उनले कोरोना संक्रमणबाट पार पाएकी आमाको मुख हेरिन्। आमा र श्रीमान्लाई लिएर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट पुग्दा उनले खुसीको आँसु चुहाइन्। वृद्धा आमा अपार्टमेन्टमा फर्किन पाउँदा खुसीले गदगद थिइन्।
वैशाख १ गतेर्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण