हिमालयन बैंकद्वारा १०० घरधुरीलाई राहत सामाग्री वितरण
बाँके– हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड—१९)को महामारीबाट नेपालमा पनि केहि व्यक्तिहरुमा संक्रमण देखिएकोले सो भाइरसविरुद्ध लड्न नेपाल सरकारद्वारा विगत १ महिनादेखि मुलकभरि बन्दाबन्दी लागु गरे पश्चात दैनिक ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिकरुपमा हात मुख जोड्न समस्या उत्पन्न भएको छ ।
यसै विषम परिस्थितिलाई ध्यानमा राखी बैंकले बाँके जिल्ला स्थित राप्तीसोनारी गाँउपालिका अन्तर्गतका १०० घरधूरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल आदि जस्ता खाद्यान्नहरु खरिद गरि बैंकका शाखा प्रबन्धक श्री भरत भुषालद्वारा उक्त सामाग्री गाँउपालिका अध्यक्ष लहुराम थारुको उपस्थितिमा गाँउपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बैंकले यस अघि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । यसका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहत स्वरुप खाद्यान्न वितरणको लागि ५०,००० सहयोग गरेको थियो ।
बैंकले यस विषम परिस्थितिमा राहत सामाग्री वितरण गर्नुका साथै ग्राहकहरुको सुविधालाई मध्यनजर राखी विभिन्न प्रदेश तथा स्थानका आफ्ना शाखा कार्यालयहरु निश्चित समयका लागि खोली बैंकिङ्ग कारोबारलाई सुचारु राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण