ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु, अब बैंक धाइरहनु नपर्ने
काठमाडौं– आफ्ना व्यवसायीक ग्राहकहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ ।
ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई२नबिल मार्फत हाम्रा ग्राहकवर्गलेनबिल बैंकमा खाता भएका ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् । साथै ग्राहकहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् ।
ई@नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाह, भन्छन् ,“ई@नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन।”
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११८ शाखाहरु र १७५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण