मकाउमा नेपालीहरु संगठित
मकाउ– चीनको बिशेष प्रशासकिय क्षेत्र मकाउमा स्थाई र अस्थाई रुपमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छ्न। संस्था स्थापना कार्यक्रमको व्यवसायी तथा समाजसेवी उदय वाग्ले र सुदर्शन थापा मगरले उद्घाटन गरे ।
भविष्यमा आइपर्ने कठिनाइहरुलाई मिलेर सामना गर्न र आपसी एकता र सहकार्य बाढार्इ सामाजिक कार्य गर्ने उद्देश्यले “नेपाली सहयोगी हातहरु” नामक सस्थाको आधिकारिक घोषणा गरिएको छ।
नब निर्मित कार्यसमितीमा अध्यक्ष सुदर्शन थापामगर, महासचिब तथा सुचना सञ्चार विभागमा रमेश अधीकारी, कोषाध्यक्ष शमशेर थापा र सह–कोषाध्यक्ष सञ्जिव कोयी रहेका छन। सदस्यहरुमा मान बहादुर श्रेष्ठ, माइला विक, प्रेम विक, दिपक थापा र रोजन लामा रहेका छन्।
कार्यक्रममा नव गठित संस्थाका निर्देशक उदय वाग्लेले मकाउ डलर १० हजार समितिलाई हस्तान्तरण गरेका छन भने १० हजार सर्जिकल माक्स र १० हजार सेनिटाइजर आगामी कार्यक्रममा उपलब्ध गराउने धोषणा गरेका छन्।
भेलाले आगामी बैठकमा निर्णय लिने गरी महिला सञ्जाल, संस्कृति महोत्सव र खेलकुद तथा अन्य समिति सदस्यहरुको विस्तार गर्ने महासचिव रमेश अधिकारीले बताए।
संस्थाले नेपाली समुदायवीचको भाईचारा अभिवृद्धि तथा सद्भावको लागि आगामी मे ३१ गते पहिलो कार्यक्रम व्याटमिन्टन र बुद्धिचाल खेल आयोजना गर्ने निर्णय गरिएको अधिकारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण