आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मकाउमा नेपालीहरु संगठित

सोमबार, १५ वैशाख २०७७, १८ : ५५
सोमबार, १५ वैशाख २०७७

मकाउ– चीनको बिशेष प्रशासकिय क्षेत्र मकाउमा स्थाई र अस्थाई रुपमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छ्न। संस्था स्थापना कार्यक्रमको  व्यवसायी तथा समाजसेवी उदय वाग्ले र सुदर्शन थापा मगरले उद्घाटन गरे ।

भविष्यमा आइपर्ने कठिनाइहरुलाई मिलेर सामना गर्न र आपसी एकता र सहकार्य बाढार्इ सामाजिक कार्य गर्ने उद्देश्यले “नेपाली सहयोगी हातहरु” नामक सस्थाको आधिकारिक घोषणा गरिएको छ।

नब निर्मित कार्यसमितीमा अध्यक्ष सुदर्शन थापामगर, महासचिब तथा सुचना सञ्चार विभागमा रमेश अधीकारी, कोषाध्यक्ष शमशेर थापा र सह–कोषाध्यक्ष सञ्जिव कोयी रहेका छन। सदस्यहरुमा मान बहादुर श्रेष्ठ, माइला विक, प्रेम विक, दिपक थापा र रोजन लामा रहेका छन्। 

कार्यक्रममा नव गठित संस्थाका निर्देशक उदय वाग्लेले मकाउ डलर १० हजार समितिलाई  हस्तान्तरण गरेका छन भने १० हजार सर्जिकल माक्स र १० हजार सेनिटाइजर आगामी कार्यक्रममा उपलब्ध गराउने धोषणा गरेका छन्।

भेलाले आगामी बैठकमा निर्णय लिने गरी महिला सञ्जाल, संस्कृति महोत्सव र खेलकुद तथा अन्य समिति सदस्यहरुको विस्तार गर्ने महासचिव रमेश अधिकारीले बताए।

संस्थाले नेपाली समुदायवीचको भाईचारा अभिवृद्धि तथा सद्भावको लागि आगामी मे ३१ गते पहिलो कार्यक्रम व्याटमिन्टन र बुद्धिचाल खेल आयोजना गर्ने निर्णय गरिएको अधिकारीले बताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप