ट्रम्पको लगातारको कटाक्षपछि विश्व स्वास्थ्य संगठनले अब गर्यो एजेन्सीको बचाउ
कोरोनाभाइरस महामारीको विषयमा लापरवाही गरेको बात लागेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिवले संगठनको बचाउ गरेका छन् ।
डाक्टर टेड्रोस एडनहोम गेब्रेयासेसले ३० जनवरीमा सार्वजनिक स्वास्थ्य आपतकालको विषयमा अन्तर्राष्ट्रिय चिन्ता घोषित गरेका बेला नै संसारभरीका देशले यो कुरा सुन्नपर्दथ्यो भन्ने जिकिर गरेका छन् । उनका अनुसार त्यतिबेला चीन बाहिर ८२ संक्रमित थिए र कसैको पनि मृत्यु भएको थिएन ।
उनले पत्रकारसँग भने, ‘संसारले त्यतिबेला डब्ल्यूएचओलाई ध्यानपूर्वक सुन्न पर्दथ्यो ।’
महासचिव डाक्टर टेड्रोसले भने, ‘हामीले त्यतिबेलै पूरा संसारले एउटा व्यापक सार्वजनिक स्वास्थ्य दुष्टिकोण अपनाउनुपर्ने जानकारी दिएका थियौं र त्यतिबेला हामीले भनेका थियौं, ‘खोज, परीक्षण गर, आइसोलेट गर ।’ तपाईंहरु आफैं हेर्नुहोस् न जुन देशले यो नीति पालना गरे आज उनीहरुको स्थिती राम्रो छ ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीन परस्त भएको भन्दै अमेरिकाले दिँदै आएको रकम स्थगित गरेका छन् । उनी निरन्तर डब्ल्यूएचओमाथि कटाक्ष गरिरहन्छन् ।
ट्रम्पले यो अन्तर्राष्ट्रिय संगठनले कोरोना भाइरसको विषयमा लापरवाही गरेको र यो आगो सरी फैलिसकेको भन्ने जानकारी लुकाएको आरोप लगाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण