बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ट्रम्पको लगातारको कटाक्षपछि विश्व स्वास्थ्य संगठनले अब गर्यो एजेन्सीको बचाउ

मङ्गलबार, १६ वैशाख २०७७, ०७ : २०
मङ्गलबार, १६ वैशाख २०७७

कोरोनाभाइरस महामारीको विषयमा लापरवाही गरेको बात लागेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिवले संगठनको बचाउ गरेका छन् ।

डाक्टर टेड्रोस एडनहोम गेब्रेयासेसले ३० जनवरीमा सार्वजनिक स्वास्थ्य आपतकालको विषयमा अन्तर्राष्ट्रिय चिन्ता घोषित गरेका बेला नै संसारभरीका देशले यो कुरा सुन्नपर्दथ्यो भन्ने जिकिर गरेका छन् । उनका अनुसार त्यतिबेला चीन बाहिर ८२ संक्रमित थिए र कसैको पनि मृत्यु भएको थिएन ।

उनले पत्रकारसँग भने, ‘संसारले त्यतिबेला डब्ल्यूएचओलाई ध्यानपूर्वक सुन्न पर्दथ्यो ।’

महासचिव डाक्टर टेड्रोसले भने, ‘हामीले त्यतिबेलै पूरा संसारले एउटा व्यापक सार्वजनिक स्वास्थ्य दुष्टिकोण अपनाउनुपर्ने जानकारी दिएका थियौं र त्यतिबेला हामीले भनेका थियौं, ‘खोज, परीक्षण गर, आइसोलेट गर ।’ तपाईंहरु आफैं हेर्नुहोस् न जुन देशले यो नीति पालना गरे आज उनीहरुको स्थिती राम्रो छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीन परस्त भएको भन्दै अमेरिकाले दिँदै आएको रकम स्थगित गरेका छन् । उनी निरन्तर डब्ल्यूएचओमाथि कटाक्ष गरिरहन्छन् ।

ट्रम्पले यो अन्तर्राष्ट्रिय संगठनले कोरोना भाइरसको विषयमा लापरवाही गरेको र यो आगो सरी फैलिसकेको भन्ने जानकारी लुकाएको आरोप लगाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप